सकियो श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ
पाेखरा | बैशाख १०, २०८१
पोखरा: नयाँ वर्ष अवसरमा पोखरा नयाँबजारमा आयोजित श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ सोमबार समापन भएको छ । महायज्ञ मूल आयोजक समितिका अनुसार १० दिनसम्म चलेको महायज्ञ सोचेअनुरुप सफल भयो ।
लोकको कल्याणका लागि आयोजित महायज्ञ सफल भएको महायज्ञ मूल आयोजक समिति अध्यक्ष एवं महायज्ञ संयोजक लक्ष्मण पौडेलले बताए ।
महायज्ञमा हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी ज्ञानानन्द सरस्वतीजी महाराज कथावाचन गरेका हुन् ।
उनको मुखारबिन्दबाट कथा सुन्न भक्तजनको दैनिकरुपमा उल्लेख्य भए । महायज्ञमा करिब १२ सय जना कर्ता बसेको महायज्ञ मूल आयोजक समिति कोषाध्यक्ष मोहनप्रसाद अधिकारीले बताए ।
कथावाचन आइतबारसम्म भएकोमा सोमबार समापनमा पूर्णाहुति एवंं अभिषेकसहित प्रसाद वितरण गरिएको हो । त्यसअघि, सप्ताहव्यापी पाठपरायण, प्रवचन तथा अनुष्ठान भएको महायज्ञका कार्यालय सचिव नरेन्द्र रानाभाटले बताए ।
पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा नारायणप्रसाद अर्यालको प्रमुख आतिथ्यमा भएको समापन समारोहमा गण्डकी प्रदेशसभाका सदस्य एवं पूर्व मन्त्री पञ्चराम गुरुङ, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत उपस्थित थिए ।
निकै व्यवस्थितरुपमा महायज्ञ आयोजना गरिएको भए पनि अर्थ संकलनको कुनै उद्देश्य थिएन । कतिपयले स्वेच्छिक सहयोग गरेको महायज्ञका महासचिव सूर्यभक्त सिग्देलले बताए ।
महायज्ञमा कथावाचनसहित बिहान साढे ४ देखि राति ९ बजेसम्म विभिन्न कार्यक्रमले प्रदर्शनी केन्द्र महायज्ञमय बनेको मूल आयोजक समितिका सूर्यप्रसाद भण्डारीको भनाइ छ ।
महायज्ञका सल्लाहकार एवं विश्व हिन्दु महासंघ नेपालका केन्द्रीय सहअध्यक्ष शंकर खरालले अर्थ संकलन उद्देश्य नराखी सामाजिक, धार्मिक सद्भाव र सहिष्णुता वृद्धि गर्ने उद्देश्यले पोखरामा फरकखालको महायज्ञ भएको बताए ।
घरमा सप्ताह यज्ञ अनुष्ठान गर्न असहज परिस्थिति भएकाहरुको सुविधाका लागि महायज्ञमा त्यस्तो सुविधा दिइएको महायज्ञका सहअध्यक्ष महेश पराजुलीले बताए ।
उनका अनुसार योग, ध्यान, पूजाअर्चना, भक्ति, ज्ञानका साधना निरन्तर भए । मूल आयोजक समिति अध्यक्ष लक्ष्मण पौडेलको अध्यक्षतामा भएको समापन कार्यक्रमको संचालन विष्णु पौडेलले गरेका थिए ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

